arrow

मुम्बईमा २० तल्ले भवनमा आगलागी, सातको मृत्यु, १९ घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ८ शनिबार
fire-24254245242444.JPG

काठमाडौं । भारतको मुम्बईस्थित एक भवनमा आगलागी हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् । बीस तल्ले भवनमा भएको आगलागीमा परी मृत्यु हुनेमध्ये छ जना वृद्धवृद्धा हुन् । 

आगो तान्डदेव इलाकाको कमला सोसाइटीको १९ औं तल्लामा लागेको हो । करिब पाँच घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण थाहा भएको छैन । बृहन्मुम्बई महानगरपालिकाका अधिकारीका अनुसार नायर अस्पतालमा पाँच तथा कस्तुरबा अस्पताल र भाटिया अस्पतालमा एक एक जनाको मृत्यु भएको हो । 

मुम्बई प्रशासनका अनुसार जलेर घाइते भएका १९ मध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरुको आईसीयूमा उपचार भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ