arrow

महिला उद्यमशीलता विकाशका लागी त्रिपक्षीय सम्झौता

नबिल बैङ्क, सीएनआई–वुमन लिडरसिप फोरम र महिला शक्ति विकाश केन्द्र नेपालकाबीच सहकार्य

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ८ शनिबार
nabil-cni-mou-2022-women-empower.jpg

काठमाडौँ। महिलामा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्‍याउने उद्देश्यले नबिल बैङ्क, सीएनआई–वुमन लिडरसिप फोरम र महिला शक्ति विकाश केन्द्र नेपालका बीच त्रिपक्षीय सम्झौता भएको छ। नेपाल उद्योग परिसङ्घ (सीएनआई) को प्रधान कार्यालय थापाथलीमा गरिएको उक्त सम्झौतामा नबिल बैङ्कको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, वुमन  लिडरसिप फोरमको तर्फबाट संयोजक छाँया शर्मा र महिला शक्ति विकाश केन्द्र नेपालको तर्फबाट कार्यकारी निर्देशक कविता गुरुङले हस्ताक्षर गरेका छन्।

कार्यक्रममा बोल्दै नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत शाहले महिलाको वास्तविक शक्ति भनेको आर्थिक सशक्तीकरण हो र महिलाहरूको आर्थिक विकाशको लागि यो सम्झौता माध्यम बन्ने आशा व्यक्त गरे।

हस्ताकक्षर कार्यक्रममा भर्चुअल्ली उपस्थित भएका नेपाल उद्योग परिसङ्घ (सीएनआई) का उपाध्यक्ष निर्वाण चौधरीले वुमन लिडरसिप फोरमलाई बैङ्क र महिला शक्ति विकाश केन्द्र नेपालको बीच पुलको काम गरेकोमा धन्यवाद ज्ञापन गर्दै यो सम्झौताले महिलाको आर्थिक विकाश सँगसँगै देशको दिगो विकाशमा ठुलो टेवा पुर्‍याउने बताए।

वुमन लिडरसिप फोरम अर्थतन्त्रमा महिलाको भूमिका अभिवृद्धि गर्ने उद्देश्यले नेपाल उद्योग परि सङ्घ (सीएनआई) ले गरेको एउटा पहल हो। स्थापना देखि “महिला नेतृत्व विकास“ को मूल नारा बोकेको महिला शक्ति विकाश केन्द्र नेपाल एउटा गैर सरकारी संस्था हो जसले देशै भरी महिला सशक्तीकरण र महिला नेतृत्वको विकास सम्बन्धी कामहरू गर्दै आइरहेको छ।

नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्र सङ्घको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैङ्कले २०७८ असार १५ गते धान दिवसको दिन दिगो बैङ्किङ कार्यक्रमको सुरुवात गरेको हो। बैङ्कले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायीकरण र उद्यमशीलता विकासको लागि ल्याएका यी कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरूबाट सञ्चालन गर्दै आएको छ। यो सम्झौता मार्फत नबिल बैङ्कले नबिल दिगो बैङ्किङका प्रयासहरूलाई अझ बढी लक्षित वर्गमा पुर्‍याउन सहयोग गर्ने आशा लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ