arrow

संक्रमित भएर पनि दिव्यमणीका सहयोगी हात खुला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ८ शनिबार
dibyamani-masks-senitizor-help.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद दिव्यमणी राजभण्डारी कोरोना संक्रमित भएका छन् । उनीसँगै उनको परिवार पनि संक्रमित भएको छ । तर उनले आफू संक्रमति भएका बेलामा पनि सहयोगी हात भने खुला राखेका छन् । 

राजभाण्डारीले जनसेवा गर्ने प्रयास भने जारी नै राखेको बताएका छन् । उनले सामाजिक संजाल फेसबुकमार्फत बुनपाका जनतासम्म मास्क र सेनिटाइजर पुर्याउन कांग्रेस नेताहरुलाई दिएकोसमेत बताएका छन् । 

उनले जनतालाई कोरोनाबाट बचाउने प्रयास गर्नु आफ्नो धर्म र कर्तव्य भएको उल्लेख गरेका छन् । उनले अनुरोधसमेत गरेका छन् । लेखेका छन्, ‘यस्तो पूण्य कार्य गर्न हामी सधैँ निरन्तरता दिन्छौं । अरु सबै मित्रहरुलाई सहयोग गर्न विनम्र अनुरोध गर्दछौं ।’

उनले मापदण्डअनुसार मास्कको प्रयोग गरी कोभिडबाट बच्न आग्रह गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ