संक्रमणले उछाल ल्याएसँगै आईसीयूमा भर्ना हुनेको संख्या बढ्यो, स्थिति गम्भीर
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ९ आइतबार
492
Shares
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार कोरोना भाइरसको महामारीबाट ज्यान गुमाउनेको संख्या १६ पुगेको तथ्याङ्क सार्वजनिक गरेको थियो । यो विगत थुप्रै साता यता पहिलो पटक एकै दिन धेरै संक्रमितले ज्यान गुमाएको तथ्यांक हो ।
यद्यपि विगत तीन साता यतादेखि बढेको संक्रमणका कारण अस्पतालमा आईसीयू बेडमा भर्ना हुनेको संख्यासमेत बढेको छ । यसको अर्थ गम्भीर बिरामी हुनेको संख्या बढेको हो ।स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारको तथ्यांक हेर्दा २१० जना बिरामी आईसीयू र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
मन्त्रालयका अनुसार सात दिनअघि अर्थात् गत आइतबार आईसीयूमा १२२ र भेन्टिलेटरमा २२ जनाको उपचार भइरहेको थियो । एक साताको अवधिमा आईसीयूमा भर्ना हुनेको संख्या झन्डै सयले बढेको छ । भेन्टिलेटरमा पुग्ने बिरामीको संख्यासमेत बढेको छ ।
संक्रमण तीव्र रुपमा बढिरहेका बेला मानिसहरुले स्वास्थ्य मापदण्ड र सावधानीमा लापरबाही गर्दा स्थिति झनै खतरापूर्ण बन्दै गएको छ ।
पूर्ण खोप लगाएकाहरुसमेत संक्रमित र ज्यान गुमाइरहेको अवस्थामा तेस्रो लरहरले भयावह संक्रमण फैलाउन सक्ने देखिएको छ । झन्डै एक साता यता दैनिक १० हजार बढी संक्रमित थपिइरहेका छन् ।
शनिबार मात्रै पनि १० हजार २ सय ५४ जना नयाँ संक्रमित थपिएका थिए ।