arrow

हुम्लीले पाएनन् बुस्टर डोज

logo
जनकबहादुर शाही,
प्रकाशित २०७८ माघ ९ आइतबार
jumli-vaccine.PNG

हुम्ला। सरकारले माघ २ गतेबाट कोभिड- १९ विरुद्धको खोपको बुस्टर मात्रा अभियान देशभर सुरु गर्न निर्देशन दिएको भए पनि हुम्ला जिल्लामा यो अभियान शुरु हुन सकेको छैन । केन्द्रबाट अझै जिल्लामा खोप आई नपुग्दा खोप अभियान प्रभावित भएको हो ।

समयमा खोप नआउँदा हुम्ला जिल्लामा बुस्टर मात्राको खोप अभियान सुरु हुन सकेन । अहिलेसम्म जिल्लाभरि २७ हजार ६ सय ९० जनाले पहिलो डोज र १४ हजार ५७ जनले दोस्रो डोज लगाएका छन्  भने अहिले सम्म खोपको बुस्टरे मात्रा नआइपुग्दा जिल्लामा बुस्टरे मात्रा अभियान प्रभावित भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले  बताए ।  

'केन्द्रको निर्देशन भए पनि खोप नआएको कारण बुस्टर मात्रा लगाउने कार्य सुरु भएन', उनले भने । जिल्ला भरिका स्वास्थ्य संस्थामा बुस्टर मात्रा लगाउनका लागि तालिम प्राप्त स्वास्थ्यकर्मी तयारी अवस्थामा राखेको भए पनि अहिलेसम्म केन्द्रले हुम्लामा बुस्टर डोजका लाग खोप नपठाएकाले बुस्टर मात्रा लगाउन अझै केही समय लाग्ने प्रमुख सिंहले बताए ।

पहिलो र दोस्रो मात्राको खोप लगाएका ६० वर्षमाथिका ज्येष्ठ नागरिक र कोरोनाविरुद्ध अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि र सञ्चार कर्मीहरूलाई लगाउन मात्र मात्र केन्द्रसँग पाँच हजार पाँच मात्रा माग गरिएको हो त्यो पनि आएको छैन । उनले भने अरू आउने त कहिले हो कहिले  ।
जिल्लाका १८ वर्षमुनिका ५ हजार ८ सय ८१ जना बालबालिकालाई पहिलो मात्रा मोडना खोप गएको पुस ४ गतेदेखि १४ गतेसम्म जिल्लाका सात वटा गाउँपालिकाका सय वटा खोप केन्द्रबाट दिइएको थियो । 

उक्त खोप २०६१ देख २०६६ सालसम्म जन्मेका १२ देख १७ वर्ष उमेर समूहका बालकालकाले लगाएका हुन । सो खोप २८ दिनको फरकमा दोस्रो मात्रा माघ २ देख सम्बन्धित खोप केन्द्रमा खोप लगाउन सुरु गरिएको छ । तर हिमपातका कारण खोप लिएर स्वास्थ्यकर्मीलाई जान कठिन हुने देखिए पछि उत्तरी नाम्खा गाउँपालिका-६का बालबालिकाले भने पहिलो डोज पनि लगाउन पाएका छैनन् । त्यहाँका बालबालिकालाई हिउँदे समय सकिएपछि वैशाख जेष्ठमा मात्र खोप लगाइने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ