arrow
ADVERTISEMENT

२४ घण्टामा कोरोनाबाट चार जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ९ आइतबार
Army-covid-death-corona.jpg

काठमाडौं ।  बितेका २४ घण्टामा १३ हजार ३७७ जनाको पिसिआर परीक्षण गर्दा पाँच हजार ५९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी, चार हजार ६० जनाको एन्टिजेन परीक्षण गर्दा ८६४ जना संक्रमित भएका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल १७ हजार ४३७ जनाको परीक्षण गर्दा छ हजार ४६२ जनामा कोरोना पुष्टि भएको छ ।

मन्त्रालयले आज गरेको नियमित ‘प्रेस ब्रिफिङ’ सहायक प्रवक्ता डा समीर अधिकारीले २४ घण्टामा एक हजार ४१६ जना संक्रमणमुक्त भएका तथा चारजनाको आइतबार मृत्यु भएको  बताए । हाल देशभर ७७ हजार ४० सक्रिय संक्रमित छन् ।

यसैबीच, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट संक्रमित भएका बताउँदै यही माघ १० देखि १६ गतेसम्म खोप अभियान स्थगन भएको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ