arrow

ललितपुरमा अत्यावश्यक बाहेकका सेवा बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १० सोमबार
lalitpur-metro.png

ललितपुर । कर्मचारीमा पनि कोरोना भाइरसको संक्रमण बढेपछि ललितपुर महानगरपालिकाले आज सोमबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । 

महानगरले जारी गरेको विज्ञप्ति अनुसार संक्रमित महानगरका कर्मचारी उपचार एवं होमआइसोलेसनमा रहेकाले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्नु परेको हो ।

प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार आगामी शुक्रबार सम्मका लागि अत्यावश्यकबाहेका सेवा बन्द गरिएको हो । अत्यावश्यक सेवाअन्तर्गत स्वास्थ्य सेवा, दमकल, शववाहन, एम्बुलेन्स, सरसफाई र नगर  प्रहरी भने सञ्चालनमा रहने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ