arrow

नेपालमा युरो ६ लागु गर्ने प्रस्तावमा नाडा सकारात्मक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १० सोमबार
nada-euro-2022.jpg

काठमाडौँ। नेपाल सवारी साधन प्रदूषण मापदण्ड युरो ६ लागु गर्ने सरकारको प्रस्तावलाई नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सकारात्मक रूपमा लिएको बताएको छ। आज प्रेस विज्ञप्ति जारी गर्दै नाडाले सरकारको सम्पूर्ण सवारी तथा यातायातका साधनहरूमा युरो ६ लागु गर्ने प्रस्तावलाई सकारात्मक रूपमा लिएको जनाएको हो।

छोटो विज्ञप्तिमा नाडाले भनेको छ, ‘यसको समग्र पूर्वाधार तयारीका लागि चरणबद्ध रूपमा लागु गर्दै जानु पर्ने भएकोले अहिले त्यसका लागि देशमा उपयुक्त पूर्वाधारहरू लगायत दक्ष प्राविधिक जनशक्ति पनि तयार नभइसकेको सन्दर्भमा यसलाई चरणबद्ध रूपमा नै लागु गर्ने व्यवस्थाका लागि सरकारसँग हार्दिक अनुरोध गर्दछौँ।’



नयाँ