arrow

केन्टका गिजरहरू नेपाली बजारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १० सोमबार
kent-geyser-collage.jpg

काठमाडौं। इओएल प्रालिले जाडो मौसमलाई नजरमा राखेर केन्टका ग्याँस तथा इलेक्ट्रिक गिजरहरू बजारमा ल्याएका छन्। ग्याँस गिजरमा एनथियस प्लस रहेको छ, जसको बजार मूल्य रु ८,६२० छ। इलेक्ट्रि गिजरमा चाहिँ अस्ट्रल प्लस १०, अस्ट्रल प्लस १५, अस्ट्रल प्राईम १५, अस्ट्रल प्लस ३० अस्ट्रल प्राईम ३०, ग्राण्ड १०, ग्राण्ड १५, ग्राण्ड ३०, ग्राण्ड स्टार १५ र ग्राण्ड स्टार ३० उपलब्ध छन्।

यी मध्ये अस्ट्रल प्राईम १५, अस्ट्रल प्राईम ३०, ग्राण्ड स्टार १५ र ग्राण्ड स्टार ३० मोडलहरूमा रिमोट कन्ट्रोल उपलब्ध छ। केन्टका गिजरहरू ६ लिटर देखि ३० लिटरसम्म उपलब्ध रहेको छ । इलेक्ट्रिक गिजर रु ११,७६० देखि रु १९,३३० सम्म रहेको छ।

सबै गिजरहरू एक वर्षको वारेन्टीको साथ आउँछन् र हाम्रो आधिकारिक डिलर नेटवर्कमा नेपालभर उपलब्ध हुने कम्पनीको विज्ञप्तिमा भनिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ