arrow

सालीनदीमा केएमसीको एक महिने निःशुल्क स्वास्थ्य शिविर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १० सोमबार
kmc-camp-swasthani.jpg

काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका–७ स्थित सालीनदीमा एक महिने निःशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । श्रीस्वस्थानी व्रत लिनेहरुलाई लक्षित गरी काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले आइतवारबाट शिविर शुरु गरेको हो ।

सालीनदीमा श्रीस्वस्थानी ब्रत लिनेहरुको घुँइचो लाग्ने गरेको छ । ब्रतालुहरुलाई लक्षित गर्दै शुरु भएको निःशुल्क स्वास्थ्य शिविर एक महिनासम्म सञ्चालन हुने केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

शिविरमा स्वास्थ्य जाँच, औषधि वितरण, ल्याब टेष्ट, भिडियो एक्सरे, ईसीजीलगायत सेवा निःशुल्क प्रदान गरिँदैछ । बिरामीको उपचारका लागि केएमसीका विशेषज्ञ डाक्टरहरुको टोली शिविरमा खटिएको छ ।

डा.सुनिल शर्माको प्रवेशसँगै निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तिब्रता दिएको केएमसीले विभिन्न जिल्लामा पुगेर स्वास्थ्य शिविर सञ्चालन गरी बिरामीहरुको निःशुल्क उपचार गर्दै आएको छ ।



नयाँ