arrow

ओमिक्रोनको अर्को खतरनाक भेरियन्ट भारतसहित ४० देशमा फैलियो, नेपालमा बाँकी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १० सोमबार
omicron-uk.PNG

काठमाडौं । विश्वभर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमणले सङ्कट परेका बेला यसको सहायक भेरियन्ट झनै ठुलो चिन्ताको विषय बनेर फैलिन थालेको छ ।

बीए २ नाम दिइएको यो भेरियन्ट भारत, बेलायतलगायत विभिन्न ४० देशमा फैलिसकेको छ । भारतको मध्य प्रदेशको इन्दोर शहरमा १६ जनामा बीए २ (BA-2) भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ ।

बीए २ भेरियन्टका संक्रमित हुनेमा ६ जना बालबालिका रहेका छन् । योसँगै देशभरबाट ५३० नमुना परीक्षणका लागि पठाइएको छ ।

यो भेरियन्ट ओमिक्रोन भन्दा पनि झनै कडा रूपले फैलिरहेका कारण यसको सङ्क्रमण रोक्न कठिन हुने विज्ञहरूले चेतावनी दिएका छन् ।

ब्रिटेन, स्विडेन र सिंगापुर लगायतका देशले सयौँ नमुना परीक्षणका लागि पठाइरहेका छन् । यो भर्जन परीक्षण गर्दा समेत सजिलै फेला नपर्ने भएका कारण यसलाई 'स्टिल्थ' अथवा लुकेर रहने भर्जन भनिएको छ ।

६ डिसेम्बरमा बेलायतमा पहिलो पटक भेटिएको यो भेरियन्टका अहिले त्यहाँ ४ सय बढी संक्रमित फेला परिसकेका छन् । विभिन्न देशमा बीए २ को सङ्क्रमण उग्र रूपमा फैलिन थालेसँगै फेरि यसले अर्को चिन्ता बढाएको छ ।

भारतमा ओमिक्रोन फैलिएको केही दिनमै नेपालमा समेत फैलिसकेको थियो । अब, यो नयाँ सहायक भेरियन्ट पनि भारतमा फैलिसकेसँगै नेपालमा पनि आइपुग्ने चिन्ता बढेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ