arrow

इजरायलमा १२ वर्ष उमेर पुगेकालाई थुनामा राख्ने कानुन पास

logo
प्रकाशित २०७३ साउन २० बिहिबार
israel.jpg.jpeg
जेरुसेलम । इजरायली संसदले १२ वर्ष माथिका बालबालिकालाई समेत आतङ्कवादी गतविधिमा संलग्न भएको पाएमा जेल चलान गर्न सक्ने कानुनलाई पास गरेको छ । 
 
इजरायलमा प्यालेस्टाइनद्वारा बालबालिकालाई प्रयोग गरी एकपछि अर्को आक्रमण गर्न थालेपछि यो कानुनलाई पास गरिएको संसदद्वारा अङ्ग्रेजी भाषामा जारी गरिएको एक विज्ञप्तिमा जनाइएको छ । 
 
विज्ञप्तिमा भनिएको छ, पछिल्लो समय इजरायली भूमिमा भएका आक्रमणप्रति गम्भीर बन्दै यी आक्रमणले के बालकालिका के वृद्ध सबैमाथि थप कडा कानुनी माग भरेको बताइएको छ । 
 
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको दक्षिणपन्थी दल लिकुड पार्टीका सांसद अनत बेर्कोलाई उद्धृत गर्दै प्राप्त समाचारमा बताइएको छ, अरूमाथि छुरा रोप्ने र हत्या गर्ने व्यक्ति १२ वर्ष वा १५ वर्ष जति उमेरको भए पनि उमाथि कडा कारबाही आवश्यक हुन्छ । 
 
पछिल्लो विधेयक इजरायलमा आतङ्कवादी गतिविधि नियन्त्रण प्रयासस्वरुप ल्याइएको उनको दाबी थियो । 
 
प्यालेस्टिनी तथा इजरायली भूमिमा गएको अक्टोबर यता २१९ जना प्यालेस्टिनी, ३४ इजरायली, दुई अमेरिकी र दुई अन्य देशका नागरिकको हत्या गरिएको एएफपीको तथ्याङ्क छ । 
 
इजरायली अधिकारीका अनुसार धेरैजसो प्यालेस्टिनीको चक्कु आक्रमणका लागि चक्कुसहित रहेका क्रममा मृत्यु भएको छ । केहीले बन्दुक तथा केही कार बम विस्फोट गराई आक्रमण पनि भएका इजरायलको दाबी छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ