arrow

जिल्ला प्रशासनमा अत्यावश्यक बाहेक सबै सेवा बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १० सोमबार
cdo office kaski hamrakura.jpg
फाइल तस्वीर

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीमा अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा बन्द गरिएको छ । 

यसअघि केही सेवा मात्र बन्द गरेर सेवा दिइरहेको प्रशासनले आइतबार थप कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा बन्द गरेको जनाएको छ । 

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले एक सूचना जारी गर्दै सेवाहरू बन्द गरेको जानकारी गराएका हुन् ।

सूचनामा भनिएको छ, ‘कार्यालयका केही कर्मचारी कोरोना संक्रमित भई आइसोलेसनमा रहेको र थप कर्मचारीमा समेत लक्षण देखिएकाले शान्ति सुरक्षा, मुद्धा व्यवस्थापन, विपद् व्यवस्थापन तथा अत्यावश्यक सेवाबाहेकका अन्य सेवा माघ ११ गतेदेखि स्थगन गरिएको जानकारी गराइन्छ ।’

यसअघि केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि राहदानी, राष्ट्रिय परिचय पत्र दर्ता फाँट र पेन्सन पट्टा सिफारिस विभागको सेवा बन्द गरेको थियो । तर थप कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबारदेखि थप सेवा पनि बन्द गरेको प्रशासनले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ