arrow

भूकम्पमा दुईको मृत्यु, ५० घाइतेको उद्दार, सयौं घर ध्वस्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ११ मंगलबार
haiti-society.JPG

काठमाडौं । दक्षिण पश्चिम हैटीमा भूकम्प जाँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । ५.३ रेक्टर स्केलको सो भूकम्पमा परी थुप्रै मानिस घाइते भएका छन् । भूकम्पले २०० घर भत्किएका छन् । 

भूकम्पपछि थुप्रै साना साना पराकम्पनहरु आइरहेका छन् । राजधानी पोर्ट अउ प्रिन्सबाट १३० किलोमिट पश्चिममा रहेको एउटा सानो तटीय सहरमा दुई जनाको मृत्यु भएको हो । 

भूकम्पको केन्द्र बिन्दु रहेको निपिज जिल्लामा २०० घर ध्वस्त भएका छन् भने ६०० घर तथा टहरामा क्षति पुगेको छ । भूकम्पमा घाइते ५० जनाको उद्दार गरिएको छ ।

गत अगस्तमा ७.२ रेक्टर स्केलको भूकम्प जाँदा दुई हजार २०० जनाको मृत्यु भएको थियो भने हजारौं घर भत्किएका थिए । 

त्यस्तै सन् २०१० मा गएको अर्को शक्तिशाली भूकम्पमा दुई लाख भन्दा बढीको मृत्यु भएको थियो । 



नयाँ