arrow

सिरियामा नागरिक सुरक्षाबारे संयुक्त राष्ट्रसंघको चासो

logo
सिन्ह्वा,
प्रकाशित २०७८ माघ ११ मंगलबार
siriyan-people.jpg.jpeg

संयुक्त राष्ट्रसंघ । सिरियामा नागरिक सुरक्षाको अवस्थाका बारेमा संयुक्त राष्ट्रसंघले गम्भीर चासो व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले हालैमात्र पश्चिमी सिरियाको हासाकाह क्षेत्रमा रहेको एक जेलमाथिको आक्रमण र त्यसबाट नागरिक हताहत भएको विषयमा चासो व्यक्त गरेका हुन् । 

राष्ट्रसंघीय महासचिव गुटर्रेसका प्रवक्ता स्टेफन डुजारिकले प्रकाशन गर्नुभएको विज्ञप्तिमा जेलमा रहेका नागरिकको सुरक्षा गम्भीर चासोको विषय हो भन्दै उनीहरु जेलमा पनि सुरक्षित रहन नपाउनु दुःखद हो भन्नुभएको छ । केही दिन अघि सो नगरमा रहेको एक जेलमा हमला भएको थियो । त्यसमा रहेका कैयौँ व्यक्तिको ज्यान गएको थियो भने केही भागेर ज्यान बचाएका थिए । 
 
 सिरियामा पछिल्लो समयमा बढ्दो असुरक्षाको पनि संयुक्त राष्ट्रसंघले चासो व्यक्त गरेको छ । त्यहाँ ठूलो संख्याका नागरिक विस्थापित भएकाले उनीहरुको सुरक्षाको प्रत्याभूति हुनुपर्नेमा पनि जोड दिइएको हो । सिरियामा केही वर्षदेखि नै हिंसा जारी छ । हिंसाका कारण नै यहाँका नागरिकहरु ठूलो संख्यामा विस्थापित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ