शुरु भयो तेस्रो लहरको सङ्कट : ८ जनाको मृत्यु, संक्रमण दर ४६ प्रतिशत
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ११ मंगलबार
511
Shares
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२ हजार ८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । २५ हजार ९ सय ९ जनाको नमुना परीक्षण गर्दा संक्रमण दर ४६.३ प्रतिशत देखिएको छ ।
यसै समयावधिमा ३ हजार ४० जना संक्रमणमुक्त भएका छन् । कोभिड-१९का कारण थप ८ जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या ८८ हजार ९ सय ३४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १८ हजार १ सय ३ जनाको पीसीआर र ७ हजार ८ सय ६ जनाको एन्टीजेन विधिबाट नमुना परीक्षण गरिएको थियो ।