arrow

काठमाडौंमै थपिए आधा संक्रमित, २४५ जना आईसीयू र ४४ भेन्टिलेटरमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ११ मंगलबार
kathmandu-valley-2022-slssha.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ६ हजार १ सय ७२ जना कोभिड-१९का नयाँ संक्रमित थपिएका छन् । यसमध्ये ४ हजार ८७५ काठमाडौं, ५१५ भक्तपुर र ७८२ ललितपुरका हुन् ।

देशभर १२ हजार ८ संक्रमित थपिदा आधा भन्दा बढी संक्रमित उपत्यकामा थपिएका हुन् । यस्तै हाल देशभर आईसीयूमा रहेका बिरामीको सङ्ख्या २४५ रहेको छ भने, भेन्टिलेटरमा रहेका गम्भीर बिरामीको सङ्ख्या ४४ जना रहेको छ ।

यसले स्थिति गम्भीर पार्दै गएको सङ्केत गरेको छ । पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ भने, ३ हजार ४० जना संक्रमित संक्रमणमुक्त भएका छन् । यस्तै २५ हजार ९ सय ९ जनाको नमुना परीक्षण गरिएको थियो ।



नयाँ