arrow

भारतीय ओभरलोड गाडी: सडक संरचना जीर्ण बनेको ट्रक व्यवसायीको गुनासो

भारवहन सम्बन्धी निर्देशिका कार्यान्वयनमा सम्बन्धित निकाय उदासीन

logo
नारायण वली,
प्रकाशित २०७८ माघ ११ मंगलबार
butwal-sadak-samrachana.jpg

रुपन्देही । माघ ६ गते पश्चिमाञ्चल ट्रक व्यवसायी रुपन्देहीको कार्यालय भैरहवामा एक हुल मान्छेहरूको भेला थियो । आक्रोशित र निराशाजनक अनुहारमा बहस गरिरहेकाहरूले विशेष गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि र भारतीय भारवहन गाडीले सडक र नेपाली ट्रक व्यवसायमा पुर्‍याएको असरबारे गम्भीर देखिएका थिए ।

मालवाहक सवारी साधनको भारवहन नियमन सम्बन्धी निर्देशिका-२०७४ अनुसार भारतबाट ओभरलोड आउने गाडीले भन्सारमै भार क्षमता मिलान गरी सम्बन्धित ठाउँमा जानुपर्ने व्यवस्थाको कार्यान्वयनमा सम्बन्धित निकाय उदासीन भएका कारण सडकको संरचना जीर्ण बन्नुको साथै नेपाली ट्रक व्यवसायीहरू प्रत्यक्ष मारमा परेको विषयलाई गम्भीरतापूर्वक उठाएका थिए ।

ट्रक व्यवसायीहरूले भारतीय ओभरलोड सवारीलाई नियममा बाँध्नका लागि पटक-पटक आन्दोलन र भारतीय ट्रक रोक्ने जस्ता कार्य गरे पनि तर सम्बन्धित निकायले सो क्रममा नियमन गर्छौँ भन्ने तर कार्यान्वयन नगर्नाले बुटवल वेलहिया सडकको अवस्था बिग्रिँदै गएको र निर्माणाधीन सडकको पुनर्निर्माणमा लाखौँ रुपैयाँ खर्चिएको बारे जिल्लाका विभिन्न निकायलाई ध्यान दिन आग्रह गरे ।

निर्देशिका अनुसार नेपालको सडकमा बढीमा ३० टन बोक्ने व्यवस्था स्पष्ट भए पनि तर, भारतीय गाडीले भने निर्देशिका विपरीत निर्बाध रूपमा ९० टनसम्म सामान बोकेर गुड्ने भएकाले सडक र व्यवसायीले मार खानु परेको गुनासो पोखे।

भारतीय सवारीले ओभरलोड बोक्दा नेपाली गाडी खाली बस्नु परेको र सडक, पुलको आयु दिनप्रतिदिन घट्दै गएको पश्चिमाञ्चल ट्रक व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष यम पाण्डेले जनाए । 

त्यस्तै सो क्रममा राप्ती अञ्चल ट्रक व्यवसायी सङ्घका अध्यक्ष रत्न कुमार श्रेष्ठले भने, आफूहरूले भारतीय गाडी नेपाल प्रवेशमा रोक्नुपर्छ नभनी ओभर लोडलाई निर्देशिका अनुसार पालना गर्नुपर्ने भनाई राखे।

भारतीय ओभरलोड सवारीले मुख्य सडक महेन्द्र राजमार्ग र लुम्बिनी औद्योगिक कोरिडोर, भैरहवा-परासी, भैरहवा-बुटवल लगायत सडकमा ८० देखि ९० टनसम्म बोक्ने गरेको ट्रक व्यवसायीको भनाई छ।

नियममा उल्लेख भएअनुसार नेपालमा चल्ने मालवाहक ६ चक्के गाडी देखि २४ चक्केले २७ टन बोक्न पाउने प्रावधान छ। 

व्यवसायीहरू भन्छन्, ट्राफिक प्रहरीले नियम अनुसार अगाडि बढ्नुपर्ने वेला तर ट्राफिक प्रहरीले भारतीय ओभरलोड गाडीलाई १ हजार ५ सय रुपैयाँ सम्म चिट काटेर छाड्ने गरेकाले समस्या थप जटिल बन्दै गएको बताए।

यता भैरहवा भन्सार कार्यालयले भने, ऐन र नियमले भारतीय गाडीको ओभरलोड नियमन गर्न भन्सार कार्यालयलाई निर्देशन नगरेका कारण भन्सार भए-नभएको निगरानी गर्ने जनाएको छ ।



नयाँ