arrow

रूपान्तरण जीवन उपयोगी सीप सम्बन्धी तालिम शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ११ मंगलबार
rupantaran-kisor.PNG

सर्लाही । किशोर किशोरीहरूलाई लक्षित गरी रूपान्तरण जीवन उपयोगी सीप तथा आत्मरक्षा तालिम प्रशिक्षक प्रशिक्षण आज माघ ११ गतेबाट सर्लाहीमा शुरु भएको छ । 

वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा बागमती सेवा समाज नेपालद्वारा सञ्चालित बाल संरक्षण तथा बाल स्पोन्सरशिप परियोजनाको आयोजनामा सञ्चालित तालिमको उद्घाटन कार्यक्रममा बोल्दै बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीले बालबालिका तथा किशोर किशोरीहरू भविष्यका कर्णधार मात्र नभई वर्तमानका साझेदार समेत भएकाले उनीहरूको विकासको लागि सबैले लाग्नु पर्ने बताए । 

यसै गरी वर्ल्ड भिजन इन्टरनेशनल नेपालका सिता चौधरीले किशोर किशोरीहरूको सशक्तीकरण आजको आवश्यकता भएकोले जीवन उपयोगी सीप सम्बन्धी तालिम आयोजना गरिएको बताए ।

पर्सा गाउँपालिका र हरिपूर्वा नगरपालिकाका १६ देखि २० वर्षका २० जना किशोर किशोरीहरूको सहभागिता रहेको उक्त तालिम १० दिनसम्म चल्नेछ कुराको जानकारी बागमती सेवा समाज नेपालका परियोजना संयोजक कुमार भण्डारीले जानकारी दिए । तालिमको सहरीकरण गल्र्स किक, काठमाडौं‌का नीरज न्यौपाने लगायतको टिमले गरिरहेको छ ।

उक्त तालिममा आफे जीवनलाई कसरी रूपान्तरण गरेर अगाडि बढ्ने भन्ने जीवन उपयोगी सीपको बारेमा सिकाइने मुख्य प्रशिक्षक नीरज न्यौपानेले जानकारी दिए ।

तालिम पश्चात् सहभागीहरूले आफे आफे समुदायमा गएर दौँतरी साथीहरूलाई कक्षा सञ्चालन गर्नेछन् भने यसका लागि दुबै पालिकासँग आवश्यक समन्वय समेत गरिएको कुरा परियोजना संयोजक भण्डारीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ