arrow
ADVERTISEMENT

२५ हजार परीक्षण गर्दा १२ हजारमा संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ११ मंगलबार
covid-test-positive-corona-1618491141.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण १२ हजार आठ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २५ हजार ९०९ को परीक्षण गर्दा १२ हजार आठजनामा संक्रमण पुष्टि भएको हो । 

सक्रिय संक्रमितको सङ्ख्या ८८ हजार ९३४ पुगेको छ । पछिल्लो समय तीन हजार ४० जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख २७ हजार २७९ पुगेको छ । निको हुने दर ८९.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

विगत २४ घण्टामा आज आठ जनाको संक्रमणका कारण निधन भएको छ । अहिलेसम्म ११ हजार ६६७ जनाको संक्रमणका कारणले निधन भएको छ । 

यस्तै ५०० भन्दा बढी संक्रमण भएको जिल्ला १५ पुगेको छ । मन्त्रालयका अनुसार ५०० भन्दा बढी संक्रमित हुने जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली रहेका छन् । यस्तै २०० भन्दा बढी संक्रमित भएका १७ जिल्ला रहेका छन् । ती जिल्लामा पर्सा, बारा, महोत्तरी, सप्तरी, सर्लाही, सिरहा, नुवाकोट, धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली, गोरखा, तनहुँ, स्याङ्जा, बागलुङ, दाङ, पाल्पा र कञ्चनपुर रहेका छन् । 

नेपालमा संक्रमण दर १८ प्रतिशत रहेको छ । हाल होम आइसोलेसनमा ८७ हजार ११७, संस्थागत आइसोलेसनमा एक हजार ८१७, आइसियुमा २४५ र भेन्टिलेटरमा ४४ जनाको उपचार भइरहेको छ । 

विगत २४ घण्टामा आज दुई लाख ३९ हजार ८५१ जनाले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा एक करोड ६३ लाख ३३ हजार ९३७ र पूर्ण मात्रा एक करोड ३१ लाख छ हजार ७२६ जनाले लगाइसकेका छन् । 

यस्तै कोरोना भाइरसविरुद्धको बुस्टर डोज दुई लाख २३ हजार ९४४ मात्रा लगाइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ