arrow

प्रचण्ड प्रधानमन्त्री भएपछि यस्तो छ चिनियाँ मिडियाको दृष्टिकोष

logo
प्रकाशित २०७३ साउन २० बिहिबार
dahal-PM-baneko-news.jpg.jpeg
एजेन्सी। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड औपचारिक रूपमा मुलुकको ३९ औं प्रधानमन्त्री पदमा निर्वाचित भएलगत्तै भारतीय मिडियाहरूले समाचार लेख्यो। तर त्यही समाचार चीनियाँ मिडियामा आउन निकै ढिला गर्‍यो। 
 
प्राय सबै भारतीय मिडियाहरूले सामान्य शैलीमा प्रचण्ड प्रधानमन्त्री पदमा निर्वाचित भएको कुरा उल्लेख गर्‍यो। केहीले प्रचण्डको उग्र स्वभावको थोरै चर्चा पनि गरे। तर प्रचण्ड प्रधानमन्त्री पदमा निर्वाचित भएको खबर चिनियाँ मिडियामा भने अलिक फरक किसिमको देखियो।
 
भारतीय मिडिया र चिनियाँ मिडियाले प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएपछि लेखेका समाचारहरूको शिर्षक मिल्दोजुल्दो छ। तर समाचार भित्रको गुदिमा भने निकै फरक छ। भारतीय मिडियाले प्रचण्ड प्रधानमन्त्री पदमा निर्वाचित भएको कुरा मात्र उल्लेख गरेको छ। केहीले प्रचण्डको राजनीतिक पृष्ठभुमिको चर्चा गरे पनि तर बाँकी कुरामा भने कुनै मिडिया खुल्न चाहेनन्।
 
प्रचण्ड प्रधानमन्त्री पदमा निर्वाचित भएको कुरा चीनियाँ समाचार संस्था सिन्वालाई उद्रित गर्दै पिपल्स डेली चाइनाले पनि लेखेको छ। समाचारमा प्रचण्ड प्रधानमन्त्री पदमा निर्वाचित भएको कुरालाई जोड्दै प्रधानमन्त्री दाहालका अबका चुनौतिहरूलाई केलाउने प्रयास गरिएको छ। 
 
समाचारमा अघिल्लो सरकारले चीनसँग गरेको द्वपक्षीय सम्झौंतालाई अबका नयाँ सरकारले पनि उतिकै प्राथमिकताका साथ इमान्दारी बनेर कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिएको छ। दाहालले भारत र चीन दुबैसँगको मैत्रीपूर्ण सम्बन्धलाई सन्तुलित राख्न सक्नुपर्ने कुरा समाचारमा उल्लेख छ।
 
प्रचण्डले संविधानको प्रभावकारी कार्यान्वयनका लागि मधेसवादी दलहरूको जायज मुद्दाहरूलाई संवोधन गरेर जान सक्ने कुरा पनि समाचारमा उल्लेख छ। समाचारले बैशाख १२ गतेको भूकम्पले गरेको क्षतिको पुन:निर्माण विषयलाई लिएर अबको सरकारको चुनौति त्यो पनि रहेको कुरा उल्लेख गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ