arrow

जनगणना २०७८ : नेपालको ६६ प्रतिशत जनसङ्ख्या शहरमा

१० वर्षअघि १७ प्रतिशत मात्रै थियो शहरमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १२ बुधबार
besisahar.jpg

काठमाडौं । नेपालको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार देशको ६६ प्रतिशत जनसङ्ख्या शहरी क्षेत्रमा बसोबास गर्ने गरेको देखिएको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार ६६.०८ प्रतिशत जनसङ्ख्या शहरी क्षेत्रमा र ३३.९२ प्रतिशत जनसङ्ख्या गाउँमा बसोबास गर्छ ।

नेपाल सरकारबाट घोषित २९३ वटा नगरपालिकामा रहेको जनसंख्यालाई शहरी क्षेत्रको जनसङ्ख्या मानिएको छ । यस्तै सो बाहेकको ४६० गाउँपालिकामा रहेको जनसङ्ख्यालाई ग्रामीण क्षेत्रको जनसङ्ख्या मानिएको छ ।

२०६८ सालको जनगणनाको समयमा ५८ वटा मात्र नगरपालिका रहेकोले सोही अनुसार शहरी जनसङ्ख्याको विश्लेषण गरिएको थियो ।

जसअनुसार राष्ट्रिय जनगणना २०६८ मा १७.०७ प्रतिशत शहरी जनसङ्ख्या र ८२.९३ प्रतिशत ग्रामीण जनसङ्ख्या रहेकोमा सङ्घीय संरचनापछि स्थानीय तहलाई शहरी र ग्रामीण क्षेत्र अनुसार वर्गीकरण गरी २०६८ सालको जनसङ्ख्यालाई समायोजन गर्दा शहरी जनसङ्ख्या ६३.१९ प्रतिशत र ग्रामीण जनसङ्ख्या ३६.८१ प्रतिशत पुगेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ