arrow

थप ५ जनाको मृत्यु, ८ हजार संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १२ बुधबार
corona-2021.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ हजार ८३ जनाका कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कुल २० हजार ३ सय ५९ जनाको नमुना परीक्षण गरिदा यति संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा १३ हजार ५ सय ४९ जना आरटीपीसीआर ६ हजार ८ सय १० एन्टीजेन विधिबाट नमुना परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । यो अवधिमा ४ हजार ४ सय ३३ जना संक्रमणमुक्त भएका छन् । यसअवधिमा २ लाख ५६ हजार ४ सय १६ जनाले खोप लगाएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको छ ।



नयाँ