arrow

गण्डकीमा आजमात्रै ७८० जना संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १२ बुधबार
gandaki-province-corona.jpg
फाइल तस्वीर

पोखरा । गण्डकी प्रदेशमा ७८० जना कोरोना सङ्क्रमित थपिएका छन् । ४११ जनाको पिसिआर तथा ३७९ जनाको एन्टिजेन परीक्षणबाट ७८० जना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसहित गण्डकीमा कूल संक्रमितको संख्या ९६ हजार ६९४ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार आज कास्कीमा मात्रै ३८५ जना संक्रमित थपिएका हुन् ।

यसैगरी स्याङ्जाका १०४, तनहुँका ८६, लम्जुङका ६५, नवलपरासी पूर्वका ४९, म्याग्दीका ४६, गोरखाका २३, वाग्लुङका २० र पर्वतका १२ जना छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ