arrow

वीरकी डा. रिनामाथि अनियमितता आरोप, प्रधानमन्त्री कार्यालयदेखि अख्तियारसम्म उजुरी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १३ बिहिबार
dr-rina-shrestha-bir-hospital.jpg

काठमाडौं । कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल वीर अस्पताल कि वरिष्ठ अस्पताल नर्सिङ प्रशासक डा. रिना श्रेष्ठमाथि अस्पताल नर्सिङ प्रशासनमा अनियमितता गरेको आरोप लागेको छ । उनले सरकारी बिदा नलिइ अध्यापन गर्न थालेको, कार्यालय समयमै  निजी कलेजमा पढाउन थालेको पीडितले आरोप लगाएका छन् । 

उनले वीर अस्पतालबाटै  कार्यलय समयमा विभिन्न नर्सिङ कलेजमा अनलाइन पढाउने गरेको, अस्पतालमा नर्सिङमा जिम्मेवारी दिँदा तथा करार नर्सको म्याद थप सिफारिस गर्दा पैसा माग्ने गरेको आरोपसमेत लागेको छ । 

डा. श्रेष्ठले निजी नर्सिङ कलेजको प्रयोगात्मक अभ्यास गर्न अस्पतालमा आउन दिन पनि कलेजसँग आर्थिक कारोबार गर्ने गरेको अस्पताल स्रोत बताउँछ । 

पीडित नर्सिङ र कर्मचारीले शैक्षिक छानबिन र सम्पत्ति छानबिन गर्न प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकता केन्द्र सिंहदरबार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १९ बुँदे उजुरीसमेत दर्ता गराएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ