arrow
ADVERTISEMENT

१९ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित, १५ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १३ बिहिबार
corona-nepal-update-1620371793.jpg
फाइल तस्बिर

काठमाडौं । पछिल्लो समय कोभिड-१९ को संक्रमण तीव्र गतिमा बढेको छ । गत हप्ता देशभरका नौ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेकामा आजसम्ममा १९ जिल्ला पुगेको छ । हाल देशभरका १९ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । 

पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका १९ जिल्लाहरूमा मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, नुवाकोट, कास्की, नवलपरासी पूर्व, तनहुँ, बाँके, रुपन्देही, दाङ र कैलाली रहेका छन् । 

दुई सयभन्दा बढी उपचारार्थ संक्रमित रहेका जिल्लामा पर्सा, बारा, महोत्तरी, सलार्ही, सिराहा, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, गोरखा, स्याङ्जा, बागलुङ, पाल्पा, गुल्मी, बर्दिया, सुर्खेत र कञ्चनपुर छन् । शून्य संक्रमित रहेका जिल्ला कुनै पनि नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा कोरोनाबाट १५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६८७ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत छ । प्रति १० लाख जनसङ्ख्यामा मृत्युदर ३८४ दशमलव सात रहेको छ । 

देशभर पछिल्लो २४ घण्टामा थप आठ हजार १७ मा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१ हजार ८०८ को नमुना परीक्षण गरिएको थियो । 

पन्ध्र हजार ७३६ को पीसीआर र छ हजार ७२ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा पाँच हजार २९२ कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ३७ हजार चार पुगेको छ । निको हुने दर ८९ दशमलव एक प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा नौ लाख ३९ हजार २६७ र एन्टिजेन विधिबाट परीक्षण गरिँदा एक लाख २२ हजार ८३८ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ५१ लाख ८५ हजार ७०४ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या नौ लाख ४७ हजार ३१७ पुगेको छ । कूलमा संक्रमण दर १८ दशमलव एक प्रतिशत छ ।

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा ३८ हजार ८५९, ललितपुर १० हजार ३९० र भक्तपुरमा पाँच हजार ६१४ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा पाँच लाख ५४ हजार ५६६ रहेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या ९० हजार ५७६ रहेको छ । 

हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या ४९ र आइसियुमा २५७ रहेको छ । होम आइसोलेसनमा ८८ हजार ६४२, संस्थागत आइसोलेसनमा एक हजार ९३४ र क्वारेनटिनमा १४९ जना रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ