arrow

पर्वत मालढुङ्गामा अस्थायी प्रहरी चौकी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १४ शुक्रबार
nepal-police-logo.png

पर्वत । बागलुङ र पर्वतको सीमानामा प्रहरी चौकी स्थापना गरिएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नंं १ मालढुङ्गामा अस्थायी प्रहरी चौकी सञ्चालनमा आएको हो ।

बढ्दो जनघनत्वसँगै हुन सक्ने गैरकानुनी गतिविधि रोकथाम गर्नका लागि मध्यपहाडी लोकमार्ग र कालीगण्डी करिडोरको मिलनविन्दुसमेत रहेकाले सो ठाउँमा प्रहरी चौकी स्थापना गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार दुवैतर्फका राजमार्गमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण गर्न र कालीगण्डकी नदीबाट हुनसक्ने गिट्टी, बालुवाको अवैध उत्खनन नियन्त्रण गर्न प्रहरी चौकीले ठूलो भूमिका खेल्ने विश्वास छ ।
 



लोकप्रिय समाचार
नयाँ