arrow

बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १४ शुक्रबार
current-socked.png

बागलुङ । बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताराखोला गाउँपालिका वडा नं. ४ घर भइ हाल गलकोट नगरपालिका वडा नं. ५ हरिचौरमा बस्दै आएका २७ वर्षीय डम्मर थापा रहेका छन् ।

गलकोट नगरपालिका वडा नं. ६ ठूलाथरमा विद्युत मर्मत गर्नेक्रममा करेन्ट लागेर उनको मृत्यु भएको गलकोट प्रहरी चौकीका प्रमुख अर्जुन बम मल्लले जानकारी दिए ।

हरिचौरस्थित सब स्टेशनको लाइन मर्मत गर्नेक्रममा करेन्ट लाग्दा थापाको घटनास्थलमै मुत्यु भएको प्रहरीले जनाएको छ । थापा हरिचौर सबस्टेशनमा कार्यरत थिए । 



लोकप्रिय समाचार
नयाँ