arrow

कोरोना संक्रमणबाट गण्डकीमा थप एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १४ शुक्रबार
Corona-death-covid-nepal.jpg

पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी पूर्वको कावासोती नगरपालिका वडा नं. २ का ४६ वर्षका पुरुष रहेका छन् ।

उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १४ सय ३६ जना पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा कास्कीमा २०७ जनासहित गण्डकी प्रदेशमा ५१६ जना संक्रमित थपिएका छन् । जसमा पीसीआरबाट २१४ जना र एन्टीजेनबाट ३०२ जना संक्रमित फेला परेका हुन् ।

योसहित गण्डकीमा कूल संक्रमितको सङ्ख्या ९७ हजार ९१७ जना पुगेको छ । 

स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गोरखामा २० जना, मुस्ताङमा एक, म्याग्दीमा २५, लमजुङमा ५२, तनहुँमा ४४, नवलपुरमा ४५, स्याङ्जामा ७३, पर्वतमा तीन र बागलुङमा ५५ जना संक्रमित भेटिएका हुन् ।

गण्डकीमा पछिल्लो २४ घण्टामा ६२६ जना संक्रमित निको भएसँगै गण्डकीमा निको हुने कूल संक्रमितको सङ्ख्या ८९ हजार २२४ जना पुगेका छन् । गण्डकीमा हाल सक्रिय संक्रमितको सङ्ख्या ७२ सय ५७ जना छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ