arrow

काठमाडौं उपत्यकामा थपिए तीन हजार संक्रमित, संक्रमण दर ३४ प्रतिशत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १४ शुक्रबार
lockdown-ktm-1619677891.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै थप २ हजार ९ सय ४० जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा नयाँ थपिने संक्रमितको संख्या देशभर नयाँ थपिने ६ हजार ८ सय २७ जनाको झन्डै आधा हो ।

काठमाडौंमा २१५३, भक्तपुरमा २६८ र ललितपुरमा ५१९ जना नयाँ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा समग्र संक्रमण दर ३४.४ प्रतिशत देखिएको छ । यसअवधिमा १९ हजार ८ सय ६९ जनाको नमुना परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा थप १० जना कोभिड१९ संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार यसअवधिमा थप ६ हजार ८ सय २७ जना नयाँ संक्रमित थपिएका छन् ।

यसअवधिमा थप ५ हजार ४ सय ३२ जना संक्रमणमुक्त भएका छन् भने, हाल सक्रिय संक्रमितको संख्या ८९ हजार ९ सय ४१ पुगेको छ ।



नयाँ