arrow
ADVERTISEMENT

पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्ला २० पुगे, १० जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १४ शुक्रबार
corona-nepal-update-1620371793.jpg
फाइल तस्बिर

काठमाडौं । पाँच सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका जिल्लाहरू २० पुगेको छ । शुक्रवारसम्ममा देशभरका २० जिल्लामा पाँच सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, सिराहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, नुवाकोट, कास्की, नवलपरासी पूर्व, तनहुँ, बाँके, रुपन्देही, दाङ र कैलालीमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । 

साथै २०० भन्दा बढी संक्रमित भएका १८ जिल्ला रहेका छन् । ती जिल्लामा पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, गोरखा, स्याङ्जा, बागलुङ, पाल्पा, गुल्मी, बर्दिया, नवलपरासी पश्चिम, सुर्खेत र कञ्चनपुर रहेका छन् । 

विगत २४ घण्टामा १० जनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै अहिलेसम्म संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६९७ पुगेको छ । 

साथै आज छ हजार ८२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ८६९ परीक्षण गर्दा छ हजार ८२७ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको सङ्ख्या ८९ हजार ९४१ पुगेको छ ।
 
एकै दिन पाँच हजार ४३२ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुने सङ्ख्या आठ लाख ४२ हजार ३३६ पुगेको छ । यो दर ८९.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
 
हाल होम आइसोलेसनमा ८८ हजार ०८४, संस्थागत आइसोलेसनमा एक हजार ८५७, आइसियुमा २५६ र भेन्टिलेटरमा ४५ को उपचार हुँदै छ । 

विगत २४ घण्टामा आज एक लाख २८ हजार ५६३ जनाले खोप लगाएका छन् । यस्तै अहिलेसम्म कोरोना भाइरस विरुद्धको बुस्टर डोज दुई लाख ९९ हजार नौ मात्रा लगाइएको छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ