arrow

पीसीआरबाट ३३ सय १८ संक्रमित थपिँदा उपत्यकाका १८ सय २०, बाँकी कहाँका ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १५ शनिबार
kathmandu-valley-kalanki-sky.jpg

काठमाडौं । शनिबार चार हजार नौ सय चार कोरोना भाइरसका संक्रमित थपिएका छन् । जसमा चार हाजार चार सय ६१ एन्टिजेन परीक्षणबाट एक हजार पाँच सय ८६ संक्रमित भएका छन् । 

१० हजार एक सय एक पीसीआर परीक्षणबाट भने तीन हजार तीन सय १८ संक्रमित थपिएका छन् । जसमा काठमाडौं उपत्यकाका मात्रै १८ सय २० जना हुन् । काठमाडौंका मात्रै एक हजार चार सय चार जना हुन् । त्यस्तै ललितपुरका तीन सय पाँच तथा भक्तपुरका एक सय ११ जना हुन् । 

त्यस बाहेक कैलालीका एक सय २०, काभ्रेपलाञ्चोकका एक सय १६, चितवन र कास्कीका समान एक सय १५ जना हुन् । त्यस्तै धनुषाका ९८, रुपन्देहीका ८०, बाँकेका ७३ मोरङका ५२ तनथा बाराका ५१ जना हुन् । 

दोहोरो अंकका रुपमा ओखलढुङ्गाका १०, झापाका २४, धनकुटाका ११, सुनसरीका ४७, पर्साका ११, महोत्तरीका १५, रौतहटका १०, सप्तरीका ३२, सर्लाहीका २७, सिराहाका १६, धादिङका १९, मकवानपुरका ३६, सिन्धुपाल्चोकका ११ र सिन्धुलीका १९ जना हुन् । 

त्यस्तै गोर्खाका १०, तनहुँका १९, नवलपरासी पूर्वका २७, म्याग्दीका १६, लमजुङका १६, बाग्लुङका २६, स्याङ्जाका १८, कपिलवस्तुका १३, गुल्मीका १४, दाङका १७, नवलपरासी पश्चिमका १३, पाल्पाका २२, बर्दियाका २०, जुम्लाका १५, दैलेखका १०, कञ्चनपुरका ११ जना थपिएका छन् । 

केही हप्तादेखि बढिरहेको कोरोनाको उत्कर्ष केही घट्दै गएको छ । निको हुने भन्दा संक्रमित हुनेको संख्या कयौं गुणा भएका बेलामा शनिबार संक्रमित थपिने भन्दा निको हुने बढेका छन् । 

शनिबार चार हजार नौ सय चार जना संक्रमित थपिँदा पाँच हजार नौ सय २४ जनालाई निको भएको हो । मृतकको संख्या ६ रहेको छ । 

सक्रिय संक्रमित घटेर ८७ हजार तीन सय २९ पुगेका छन् । 



नयाँ