arrow

साझाका वडाध्यक्ष नागरिक पार्टीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १६ आइतबार
Nagarik Party.jpg

पोखरा । पोखरामा विवेकशील साझा पार्टीका वडाध्यक्षसहित २५ जना राष्ट्रिय नागरिक पार्टीमा प्रवेश गरेका छन् । विवेकशील साझा पार्टी पोखरा महानगरपालिका वडा नं. २१ का अध्यक्ष छविलाल सुनारसहित २५ जना राष्ट्रिय नागरिक पार्टीमा प्रवेश गरेका हुन् ।

राष्ट्रिय नागरिक पार्टी सहमहामन्त्री सागर कार्की, केन्द्रीय सदस्यहरु कृष्ण रानाभाट र लक्ष्मण सुनारले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।

कार्यक्रमका पार्टीका केन्द्रीय सहमहामन्त्री सागर कार्कीले काँग्रेस, कम्युनिष्टले देशलाई वर्वादीतर्फ लगेको र जनता सिटामल नपाएर मर्नु परेको अवस्थामा कुनै सुधार नआएको कारण देशमा नयाँ पार्टीको आवश्यकता रहेको बताए ।

पार्टीका केन्द्रीय सदस्य कृष्ण रानाभाटले वैकल्पिक राजनीतिक शक्तिको रुपमा आएको राष्ट्रिय नागरिक पार्टीले शिक्षा र स्वास्थ्य निःशुल्क तथा एक घर एक रोजगारको नीति लिएको बताए ।

नवप्रवेशी नेता छविलाल सुनारले जुन पार्टीमा पनि नेताहरु आफ्नो स्वार्थ पूरा गरेपछि गाउँ र जनताको वास्ता नगर्ने गरेकाले नयाँ पार्टीमा प्रवेश गरेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ