arrow

प्रतिकूल अवस्थामा पेशागत मर्यादालाई ख्याल गर्नुः महानिरीक्षक क्षेत्री

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १६ आइतबार
IGP Kshetri.jpg

गोरखा । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जनताको सुरक्षा एवम् संविधानको रक्षार्थ खटिने प्रहरी कर्मचारीले प्रतिकूल अवस्थामासमेत पेशागत मर्यादालाई मध्यनजर गरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखा परिसरमा मुख्य कार्यालय भवन, प्रहरी कर्मचारी ब्यारेक, प्रहरी मेस र हिरासत गरी छुट्टाछुट्टै  ६ वटा सुविधायुक्त पक्की भवनको आज उद्घाटन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

साधन र श्रोतको अभावमा अपेक्षित सेवा दिन नसकिने उल्लेख गर्दै उनले समय सापेक्ष नविनतम प्रविधिसंगै पूर्वाधार निर्माण गरी प्रहरी संगठनलाई बलियो बनाउनु पर्नेमा जोड दिए ।

आफ्नो इमानमारी र जिम्मेवारीका लागि सवैले आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याउँदै प्रहरी महानिरीक्षक क्षेत्रीले कुनै पनि प्रहरी कर्मचारी आफ्नो काममा नचुकेमा संगठन झुक्न नपर्ने विश्वास व्यक्त गरे ।

आम सर्वसाधारणले प्रहरी संगठनप्रति आशा एवम् विश्वास गरेको प्रसंग उल्लेख गर्दै उनले मुलुकको शान्ति सुरक्षाको जिम्मा लिएको संगठनलाई सामाजिक सञ्जालमा देखिएका टिकाटिप्पणीका आधारमा मूल्यांकन नगर्न नहुनेमा जोड दिए ।

गण्डकी प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले प्रहरीले सांगठानिक जिम्मेवारी पूरा गर्दै संघ र प्रदेश सरकारको आर्थिक सहयोगमा आवश्यकता अनुसार भौतिक पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिंदै आएको बताए ।

गोरखा प्रहरी प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले चुस्त र दुरुस्त सेवा प्रवाह गर्न भौतिक संरचनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै प्रहरी संगठनका उद्देश्य र तालुक प्रहरी कार्यलयका निर्देशनहरुलाई प्राथमिकतामा राखेर अघि बढेको बताए ।

कार्यक्रममा गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य र गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले पनि बोलेका थिए । नेपाल सरकारको नौ करोड २५ लाख १ सय ९५ रुपैयाको लागतमा निर्माण भएका उक्त भवनहरुमा  मुख्य कार्यालय, प्रहरी मेश, कार्यालय प्रमुख निवास, प्रहरी कर्मचारी व्यारेक, हिरासत कक्ष गरी जम्मा ६ वटा पक्की भवन निर्माण गरिएको प्राविधिक प्रहरी नायव उपरीक्षक केविनजंग थापाले जानकारी दिए ।

कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने विभिन्न संघसंस्था, निर्माण व्यवसायी तथा जिल्लामा उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकृत तथा जवानलाई सम्मान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ