arrow

कोरोनाबाट नेपालमा ३२ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १६ आइतबार
corona-health.PNG

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस अवधिमा १३ हजार १ सय ४५ जनाको नमूना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ५९ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एकैदिन ३२ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ । यसमा १२ जना ज्यान गुमाउनको तथ्यांक वीरेन्द्र प्रहरी अस्पतालले ढिला गरेर सार्वजनिक गरेको मन्त्रालयले जनाएको छ ।

यस्तै अन्य २० जना ज्यान गुमाउने माघ १०, १३ र १६ गतेका रहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट ११ हजार ७३५ जनाको मृत्यु भइसकेको छ । 

हाल सक्रिय संक्रमितको संख्या ८३ हजार ९ सय ९९ रहेको छ ।



नयाँ