- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेता लक्ष्मणलाल कर्णलेले सत्तापक्षले जेठभित्रै निर्वाचन गर्ने भनेर घोषणा गरेको भएपनि अहिल्यै नै यसलाई पत्याउने वा विश्वास गर्ने आधार भने बनिनसकेको स्पष्ट पारेका छन् ।
आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,'सरकारले चुनाव धेरैपछि भएपनि गराउन खोजेको छ, जेठभित्र निर्वाचन गर्ने भनेर भनिएको छ, यो एउटा सुखद् पक्ष हो । तर, अहिलेसम्म निर्वाचनको मिति घोषणा भएको छैन् । निर्वाचनको मिति त मन्त्रिपरिषद्ले निर्णय गरेर घोषणा गर्नुपर्छ । मन्त्रिपरिषद्ले निर्वाचनको मितिबारे निर्णय नगरेसम्म यो पक्का हो भन्न मिल्दैन् । दुई-चार दिन अझै हेर्नुपर्छ । यो सरकारले निर्वाचन गर्न चाहन्छ कि चाहँदैन भन्ने कुरा अहिलेपनि शंकाको घेरामा छ ।'
उनले संविधान र कानूनको कुरा गर्दा पनि केही पनि नबाझिएको जिकिर गरे । उनले संविधानले स्थानीय तहको निर्वाचनको सवालमा जनप्रतिनिधिहरुको पदावधि पाँच वर्षको हुनेछ भनेर प्रष्ट रुपमा भनेको उल्लेख गरे । उनले जनसंख्याको आधारमा स्थानीयत तह निर्धारण नहुँदा र तत्कालिन राजपाले विरोध गर्दा नै स्थानीय तहको निर्वाचन चरणबद्ध रुपमा भएको स्मरण गराए ।
उनकाअनुसार मधेश प्रदेशमा तेस्रो चरणमा निर्वाचन भएको थियो । उनले भने,'निर्वाचन गर्ने बेलामा नै थाहा थियो, यो पटक-पटक हुन्छ भनेर, कुन पटकलाई मान्यता दिने भन्ने कुरा पहिले नै थाहा थियो । बैशाखमा भएको निर्वाचनलाई आधार मान्ने हो नि, प्रथम चरणको निर्वाचनलाई मानिकन चुनाव गर्ने हो । यसलाई नै मान्नुपर्छ । यसो गर्दा अप्ठ्यारो पर्दैन् । चुनाव नगराउनेहरुले संविधान बाझियो भने, ऐन संशोधनको कुरा गरे ।'