arrow

छुटेकासमेत गरी ३२ जनाको मृत्यु

पैँतिस सय चालीस संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १६ आइतबार
corona-test-1620363320.jpg

काठमाडौं ।  यही माघ १३ देखि आजसम्म संक्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुने र यसअघिको तथ्याङ्कमा छुटेकासमेत गरी मृतकको सङ्ख्या ३२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका अनुसार वीरेन्द्र सैनिक अस्पतालबाट आइतबारसम्म १२ जनाको मृत्यु भएको र माघ १३ देखि १६ गतेसम्म विभिन्न अस्पतालमा २० जनाको मृत्यु भएको हो । 

पछिल्लो २४ घण्टामा थप तीन हजार ५ सय ४० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । 

नौ हजार ९१० जनाको पीसीआर परीक्षण गर्दा तीन हजार ४९ र तीन हजार २३५ जनामा र दुई हजार ८८३ एन्टिजेन परीक्षण गर्दा ४९१ जना गरी कूल तीन हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

हाल देशैभरि ८३ हजार ९९९ सक्रिय संक्रमित छन् भने ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ