- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । कास्की प्रहरीले अवैध सुनसहित शनिवार राति एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १५ राम बजारका वर्ष २५ का रमेश सुनार रहेका छन् ।
उनको साथबाट सुनको चारपाटे बिस्कुट आकारको एक केजी ८ ग्राम सुन र विभिन्न बैङ्कका चेकबुक तीन थान बरामद भएको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।
सुनार काठमाडौंबाट सुन बोकेर पोखरा आउँदै गर्दा पोखरा ३० गगनगौंडाबाट पक्राउ परेका हुन् ।
अवैध रूपमा सुनको ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरिएको डिएसपी तिवारीले बताए ।
पक्राउ परेका सुनारलाई राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको उनले बताए ।