arrow

महाभारत युद्धमा जब हनुमान रिसाए

logo
महाभारत,
प्रकाशित २०७८ माघ १६ आइतबार
hanuman-mahabharat.jpg

महाभारतको युद्धको समय अर्जुनको रथमा बसेका हनुमान कहिलेकाहीँ उभिएर कौरवहरूको सेनालाई हेरिरहन्थे, त्यस बेला कौरवहरूको सेना आँधीको गतिमा युद्ध भूमिबाट भाग्थे, हनुमानजीको दृष्टि सामना गर्ने हिम्मत कसैमा थिएन । 

कर्ण र अर्जुनबीच युद्ध चलिरहेको दिन पनि त्यस्तै भयो। कर्ण अर्जुनमाथि अति भयङ्कर बाणको वर्षा गरिरहेका थिए , उनको बाणले श्रीकृष्णलाई पनि लाग्यो, बाणबाट श्रीकृष्णको कवच पनि काटियो र उनको कोमल अङ्गमा बाणहरू लाग्न थाले।

रथको छतमा बसेका पवन पुत्र हनुमान एकटक आफ्नो आराध्य देवलाई हेरिरहेका थिए।

श्रीकृष्ण कवच हिन भएका थिए, कर्णले उनको श्री अङ्गमा लगातार बाण हानिरहेका थिए, हनुमानजीले यो सहन सकेनन्, एकाएक चर्को गर्जनाले आफ्ना दुवै हात उठाएर कर्णलाई मार्न उठे ।

हनुमानजीको भयङ्कर गर्जनाले ब्रह्माण्ड फुटेको भान भयो, कौरव सेना भागिसकेको थियो, अब पाण्डव पक्षको सेना पनि हनुमानजीको क्रोध देखेर डराएर भाग्न थाल्यो । कर्णको हातबाट धनुष खस्यो । भगवान् श्रीकृष्ण तुरुन्तै उठेर आफ्नो दाहिने हात उठाएर हनुमानजीलाई छोएर चेतावनी दिए: पर्ख! तिम्रो क्रोध गर्ने समय होइन । 

श्रीकृष्णको स्पर्शले हनुमान रोकिए, तर उनको पुच्छर आकाशमा घुमिरहेको थियो, उनका दुवै हातका मुट्ठीहरू बन्द थिए, उनी आफ्नो दाँत किट किटाइ रहेका थिए ।आग्नेय नेत्रले कर्णलाई हेरिरहेका थिए , हनुमानजीको क्रोध देखेर, कर्ण र उनका सारथि काँप्न थाले।

हनुमानजीको क्रोध शान्त नभएको देखेर श्रीकृष्णले कठोर स्वरमा भन्नुभयो, हनुमान ! मलाई हेर, यदि तिमिले यस प्रकार कर्णलाई केही क्षण यसरी हेर्‍यौ भने कर्ण तिम्रो दृष्टिबाट नै मर्नेछ ।

यो त्रेता युग होइन। तिम्रो पराक्रम त छाडौँ यहाँ कसैले पनि तिम्रो तेज सहन सक्दैन। मैले तिमीलाई यो युद्धमा शान्त बस्न भनेको छु। फेरी हनुमानजीले आराध्य देवलाई हेरेर शान्त भएर बसे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ