arrow

पाटेबाघ मृत भेटियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १६ आइतबार
tiger death.jpeg

नवलपुर । पश्चिम नवलपरासीमा पाटेबाघ मृत अवस्थामा भेटिएको छ । बर्दघाट १६ स्थित दाउन्नेदेवी सामुदायिक वनको भालु खोलामा पाटे बाघ गोली लागेर मृत अवस्थामा फेला परेको हो ।

डिभिजन वन कार्यालय पश्चिम नवलपरासीका प्रमुख शंकरप्रसाद गुप्ताका अनुसार घाँस दाउरा गर्न गाउँलेहरुले बाघ मृत देखिएपछि खबर गरेका थिए । मृत अवस्थामा भेटिएको बाघ पोथी भएको बताइएको छ । 

खबर पाएलगत्तै श्री नं. २ वन तथा पर्याबरण सुरक्षा गणबाट सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो ।

साढे ७ फिट लम्बाई र ३ फिट उचाई रहेको करिब १५० किलो तौल रहेको बाघको घाँटीमा पासो लगाएको डाम र शरीरका दुई स्थानमा गोली लागेको घाउ भेटिएकोले तस्करले मारेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएकाले थप अनुसन्धान भई रहेको डिभिजन प्रमुख गुप्ताले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ