- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण दर अघिल्लो दिन भन्दा बढेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमण दर ३२.९ प्रतिशत देखिएको छ । यसअघि हिजो संक्रमण दर २६.९ प्रतिशत रहेको थियो ।
यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १ हजार ७ सय २२ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ थपिनेमा काठमाडौंका १३६१, भक्तपुरका ९० र ललितपुरका २७१ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यसअवधिमा थप ५ हजार २ सय ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ८ हजार १ सय ९१ जना संक्रमणमुक्त भएका छन्, भने सक्रिय संक्रमितको संख्या ७९ हजार २ सय ७२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ८८ जनाको नमुना परीक्षण गरिएको थियो । यो तथ्यांकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आरडीटी एन्टीजेन परीक्षण गरेकाहरुले ईमेल र एसएमएसबाट पठाएको तथ्यांक पनि समावेश गरेको बताएको छ ।