arrow

देशभर २८८ आईसीयू र ८८ जना भेन्टिलेटरमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १७ सोमबार
icu-room.jpg

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर २८८ जना कोरोना संक्रमित आईसीयूमा रहेका छन् । यस्तै झनै गम्भीर अवस्थामा ८८ जना संक्रमित भेन्टिलेटरमा रहेका छन् । मन्त्रालयका अनुसार हाल कोभिड १९ संक्रमितका लागि देशभर २७ सय ९७ आईसीयू बेड उपलब्ध छन् भने १ हजार ८ भेन्टिलेटर उपलब्ध छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण दर अघिल्लो दिन भन्दा बढेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमण दर ३२.९ प्रतिशत देखिएको छ । यसअघि हिजो संक्रमण दर २६.९ प्रतिशत रहेको थियो ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १ हजार ७ सय २२ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ थपिनेमा काठमाडौंका १३६१, भक्तपुरका ९० र ललितपुरका २७१ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यस अवधिमा थप ५ हजार २ सय ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ८ हजार १ सय ९१ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ७९ हजार २ सय ७२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ८८ जनाको नमूना परीक्षण गरिएको थियो । यो तथ्यांकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आरडीटी एन्टिजेन परीक्षण गरेकाहरुले ईमेल र एसएमएसबाट पठाएको तथ्यांक पनि समावेश गरेको बताएको छ ।



नयाँ