arrow

संक्रमितभन्दा संक्रमणमुक्त हुने बढी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १७ सोमबार
corona-covid-dalta-plus.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमित हुनुभन्दा संक्रमणमुक्त हुनेको सङ्ख्या बढी रहेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको आज सार्वजनिक गरेको बुलेटिनमा संक्रमितभन्दा संक्रमणमुक्त हुने सङ्ख्या दुई हजार ८९९ ले बढी रहेको छ । आज १६ हजार ८८ परीक्षण गर्दा संक्रमित सङ्ख्या पाँच हजार २९२ रहेको छ । 

यस्तै संक्रमणमुक्त हुने सङ्ख्या आठ हजार १९१ पुगेको छ । यो दर ९०.५ प्रतिशत हो । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको सङ्ख्या ७९ हजार २७२ पुगेको छ । 

विगत २४ घण्टामा आज आठजनाको संक्रमणको कारणले निधन भएको छ । अहिलेसम्म ११ हजार ७४३ जनाको संक्रमणका कारणले निधन भएको छ । 

यस्तै ५०० भन्दा बढी संक्रमण भएको जिल्ला १८ पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, सिराहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही, दाङ र कैलाली रहेका छन् । 

यस्तै २०० भन्दा बढी संक्रमित भएका १८ जिल्ला रहेका छन् । ती जिल्लामा पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली, नुवाकोट, गोरखा, स्याङ्जा, बागलुङ, तनहुँ, पाल्पा, गुल्मी, बर्दिया, नवलपरासी पश्चिम, सुर्खेत र कञ्चनपुर रहेका छन् । 

नेपालमा संक्रमण दर १८.२ प्रतिशत रहेको छ । हाल होम आइसोलेसनमा ७७ हजार ६६५, संस्थागत आइसोलेसनमा एक हजार ६०७, आइसियुमा २८८ र भेन्टिलेटरमा ५० जनाको उपचार हुँदैछ । 

विगत २४ घण्टामा आज तीन लाख ६६ हजार ६०३ जनाले खोप लगाएका छन् । यस्तै अहिलेसम्म कोरोना भाइरसविरुद्धको बुस्टर डोज तीन लाख ६९ हजार २२६ मात्रा लगाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ