- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। आईएमई लाइफ इन्श्योरेन्सको फेसबुक पेजमा १०००० लाईक पुगेको छ। कम्पनीले जनाए अनुसार उक्त सबै लाईक आफ्ना कर्मचारी, अभिकर्ताहरू, ग्राहकहरू तथा हितैषीहरूको सामूहिक प्रयासबाट प्राप्त अर्ग्यानिक लाईक मात्र बाट सम्भव भएको हो। यसको लागी छुट्टै विज्ञापन गरिएको थिएन।
यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले आईएमई लाइफ इन्श्योरेन्सको प्रतिनिधित्व गर्ने मास्कट पनि सार्वजनिक गरेका छन्। अबको युग डिजिटल प्रविधि उन्मुख रहेको हुनाले कम्पनीका सबै कामकाज डिजिटल प्रविधि मार्फत गर्ने कम्पनीको लक्ष रहेको हुनाले त्यसै अनुरूपको सन्देश दिन कम्पनीको मास्कट पनि रोबोट तथा मानवको हाइब्रिड स्वरूपमा लिएर आएको पनि उनले बताए।
डिजिमी नाम दिएर सार्वजनिक गरिएको उक्त मास्कटले भविष्यमा ग्राहकहरू तथा अन्य सर्वसाधारणहरूसँग आईएमई लाइफ इन्श्योरेन्स कम्पनीको प्रतिनिधिको रूपमा संवाद गर्ने कुरा समेत कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।