arrow

राष्ट्रिय परिचयपत्र स्थानीय तहबाटै 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १८ मंगलबार
National-Identity-Card-of-Nepal_.jpg.jpeg
तस्बिर– सांकेतिक

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र स्थानीय तहबाट वितरण गर्न शुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट वितरण हुँदै आएको राष्ट्रिय परिचयपत्र अब स्थानीय तहबाट वितरण कार्य शुरु गरेको हो । 

जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेसँगै सरकारले स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र वितरण थालेको हो । ईपासपोर्ट बनाउन अनिवार्य गरिएपछि सेवाग्राही राष्ट्रिय परिचयपत्र बनाउन रातभर लाइनमा बस्नुपर्ने अवस्था सृजना भएपछि सरकारको आलोचना भइरहेको थियो । 

काठमाडौंको पाँचवटा नगरपालिका र देशभरका अन्य २८ वटा पालिकाबाट शुरु गरिएको राष्ट्रिय परिचयपत्र वितरण कार्यले अरु पालिकाबाट पनि शुरु गर्ने तयारी गरिएको छ ।

काठमाडौमा गोकर्णेश्वर, कागेश्वरी मनोहरा, कीर्तिपुर, चन्द्रागिरी र नागार्जुन नगरपालिकामा स्थायी बसोबास गर्नेहरुको लागि यो सेवा शुरु भएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ