arrow

उपत्यकामा १९०८ संक्रमित थपिए, संक्रमण दर ३४ प्रतिशत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १८ मंगलबार
corona-today-1.PNG

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै थप १९ सय ७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जसमा काठमाडौंका १४०४, भक्तपुरका १९५ र ललितपुरका ३०८ जना रहेका छन् ।

देशभर थप ५ हजार ५ सय ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस अवधिमा ८ हजार २ सय ६७ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले कोभिड १९ को संक्रमण दर ३१.६ प्रतिशत देखिएको छ । यद्यपि, पीसीआरबाट परीक्षण गरेकाहरुलाई मात्रै आधार मान्ने हो भे संक्रमण दर ३३.९ प्रतिशत रहेको छ ।

कोभिड१९बाट थप ९ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोभिड१९को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ७ सय ५२ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या ७४ हजार ६ सय ५३ पुगेको छ । पछिल्लो २४ घण्टामा १७ हजार ६ सय ७४ जनाको नमुना परीक्षण गरिएको थियो ।

यद्यपि, यसमा एसएमएस र ईमेलमार्फत आरडीटी एन्टीजेन परीक्षण गरेकाहरुको तथ्यांक पनि समेत समेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



नयाँ