arrow

भारतीय सैनिक विमान दुर्घटनाग्रस्त, चालक सकुशल उद्धार

logo
प्रकाशित २०७३ साउन २० बिहिबार
420393-tejas-jets.jpg.jpeg
नयाँदिल्ली (भारत)। भारतीय वायुसेना (आईएएफ) को तालिम प्रयोजनका लागि प्रयोग गरिने जेट विमान पश्चिम मिडनापुरको कालाइकुण्ड वायुसेना आधार शिविरबाट उडेको केही मिनेटमै बिहीबार दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । 
 
विमानभित्र रहेका दुई विमान चालकलाई सुरक्षित निकालिएको प्राप्त समाचारमा बताइएको छ । हक एडभान्स जेट ट्रेनर उडेको केही समयमै आधार शिविरको सीमा क्षेत्र मै बिहीबार करिब ११ बजे दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् । विमानमा अन्य यात्रु भने थिएनन् । 
 
आईएएफले विमान दुर्घटनाबारे जानकारी लिन लगाएको भए पनि दुर्घटनाको पुष्टि गरिसकेको छैन । एक महिनाअघि पनि भारतीय वायुसेनाको एएन–३२ ले २९ सैनिक लिएर तामिलनाडूबाट उडिरहेको बेला दुर्घटनाग्रसत भएको थियो । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ