arrow

आठ हजार बढी संक्रमणमुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १८ मंगलबार
corona-covid-dalta-plus.jpg

काठमाडौं ।  पछिल्लो २४ घण्टामा आठ हजार २६७ कोरोना संक्रमण मुक्त भएका छन् । साथै पाँच हजार ५८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १७ हजार ६७४ जनाको पिसीआर परीक्षण गरिएको थियो । निको हुने दर ९१ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको सङ्ख्या ७४ हजार ६५३ पुगेको छ ।  

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट नौ जनाको मृत्यु भएको छ । कोरोनाबाट हालसम्म ११ हजार ७५२ जनाको मृत्यु भएको छ । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, सिराहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही, दाङ र कैलाली रहेका छन् । 

यस्तै २०० भन्दा बढी संक्रमित भएका १५ जिल्ला छन् । ती जिल्लामा पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, स्याङ्जा, बागलुङ, तनहुँ, पाल्पा, बर्दिया, सुर्खेत र कञ्चनपुर छन् । नेपालमा संक्रमण दर १८.३ प्रतिशत छ । हाल होम आइसोलेसनमा ७३ हजार १७८, संस्थागत आइसोलेसनमा एक हजार ४७५, आइसियुमा २७९ र भेन्टिलेटरमा ५० जनाको उपचार हुँदैछ । 

पछिल्लो २४ घण्टामा तीन लाख ९९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म कोरोना भाइरसविरुद्धको बुस्टर डोज लगाउनेको सङ्ख्या चार लाख चार हजार ३३३ पुगेको मन्त्रालयले जनाएको छ ।  



नयाँ