arrow

ढाड दुख्नु कोरोना संक्रमणको लक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १९ बुधबार
lower-back-pain.jpg

काठमाडौं । कोभिड-१९ भाइरसबाट संक्रमित धेरै जनाका रुघा, खोकी, ज्वरोजस्ता लक्षण देखिने गरेका छन् । यद्यपि, एक अनुसन्धानले ढाड दुख्नु विशेष रूपमा कोभिड-१९ को संक्रमण रहेको देखाएको छ ।

कोभिड विशेषज्ञ एवं एशियन इन्स्टिच्युट अफ मेडिकल साइन्स, फरीदाबादका डा चारु दत्त अरोराले ढाड दुख्ने कोभिड-१९ को महत्त्वपूर्ण लक्षणका रूपमा देखिएको बताएका छन् ।

धेरै मानिसले कोरोना श्वासप्रश्वास सम्बन्धी रोग भएका कारण ढाड दुख्ने समस्यालाई ध्यान नदिएको उनको भनाइ छ ।

उनका अनुसार विभिन्न अध्ययनले डेल्टाबाट संक्रमित ६३ प्रतिशत र ओमिक्रोनबाट संक्रमित ४२ प्रतिशतमा ढाड दुख्ने समस्या देखाएको छ ।

संक्रमितहरूमा खास गरी टाउको दुख्ने, कम्मर पछाडिको भागतिर ढाड दुख्ने र मांसपेशी दुख्ने समस्या देखिएको हो ।

यस्तो समस्या देखिएकाहरूलाई संक्रमणमुक्त भएपछि समेत निको नभएमा आफ्नो शारीरिक व्यायाम ३० प्रतिशतका हिसाबले बढाउनु पर्ने चिकित्सकहरूले बताएका छन् ।

 यसको अर्थ कोभिड-१९ बाट संक्रमित हुनुअघि १०० कदम हिँड्ने व्यक्तिले संक्रमणमुक्त भइसकेपछि पहिलो हप्ता ३० कदम, दोस्रो हप्ता ६० कदम र तेस्रो हप्ता ९० कदम गरी यसरी शारीरिक व्यायामको अवस्थालाई बढाउँदै जानुपर्छ ।

धेरै दिनसम्म समेत दुखाइको समस्या निको नभएमा तुरुन्त चिकित्सक कहाँ जानु पर्ने विज्ञहरूले बताएका छन् ।



नयाँ