arrow

भारतमा संक्रमित र मृतकको सङ्ख्या घट्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १९ बुधबार
covid-test-india.JPG

नयाँ दिल्ली । भारतमा पछिल्ला केही दिनदेखि दैनिक संक्रमित र मृतकहरुको सङ्ख्या निरन्तर घट्दै गइरहेको छ । सङ्घीय स्वास्थ्य मन्त्रालयका अनुसार दैनिक संक्रमित र मृतकहरुको सङ्ख्या निरन्तर घट्दै गइरहेको हो । 

कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप एक लाख ६१ हजार ३८६ जना संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार सोही अवधिमा कोरोनाकै कारण अरु एक हजार ७३३ जनाको मृत्यु भएको छ ।   

जवकी अघिल्लो दिन नयाँ संक्रमितहरुको सङ्ख्या एक लाख ६७ हजार ५९ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।  

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमितहरुको सङ्ख्या चार करोड १६ लाख ३० हजार ८८५ पुगेको छ । त्यसैगरी अहिलेसम्म कुल मृतकको सङ्ख्या चार लाख ९७ हजार ९७५ पुगेको पनि अधिकारीहरुले जानकारी दिएका छन् । 

भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या १६ लाख २१ हजार ६०३ रहेको मन्त्रालयले जनाएको छ । यो सङ्ख्या पनि दिन प्रति दिन घट्दै गइरहेको छ । 

एउटै अवधिमा नयाँ संक्रमितहरुको सङ्ख्या भन्दा संक्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय संक्रमितहरुको सङ्ख्या घट्दै गइरहेको छ । भारतमा पछिल्लो एक दिनमा दुई लाख ८१ हजार १०९ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ